सवारीको वक्यौता कर र जरिवाना तत्काल नउठाइने

पाेखरा | साउन १२, २०७९

सवारीको वक्यौता कर र जरिवाना तत्काल नउठाइने

 

पोखरा:   यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले अघिल्लो आर्थिक वर्षको वक्यौता कर तथा जरिवाना अर्को सुचना प्रकाशन नभएसम्म नउठाउने स्पष्ट पारेको छ ।

 

कार्यालयले सुचना जारी गर्दै अर्को सुचना प्रकाशन नभएसम्म बक्यौता कर तथा जरिवाना संकलन नगर्ने बताएको हो ।

 

कार्यालय प्रमुख डिल्लीराम रिज्यालले प्रदेश सरकारले २ सय प्रतिशत उठाउँदैं आएको कर तथा जरिवानालाई घटाएको बताउदै सरकारको परिपत्र नआएसम्म सवारी कर तथा जरिवाना संकलन नगर्ने बताए । 

 

गत आर्थिक वर्ष २०७८÷०७९ मा सवारी साधन कर जरिवाना सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएकाले गत आर्थिक वर्ष ०७८÷०८९ र सो अगाडिका आर्थिक वर्षहरुका तिर्नुपर्ने वक्यौता कर तथा जरिवाना अर्को सुचना प्रकाशन भएपछि मात्रै उठाउन सुुरु गरिने बताइएको छ ।

 

सवारी कर अब २० प्रतिशत मात्रै 

 

गण्डकी प्रदेश सरकारले सवारी  साधनको कर २ सय प्रतिशतबाट घटाएर २० प्रतिशत मात्रै उठाउने निर्णय गरेको छ ।

 

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको अध्यक्षतामा बुधबार बसेको आकस्मिक बैठकबाट उक्त निर्णय गरेको हो ।

 

यही साउनको १ गतेबाट यातायात व्यवस्था कार्यालय कास्कीले प्रदेश सरकारको परिपत्र अनुसार २ सय प्रतिशत सवारी करको जरिवाना असुल्दै आएको थियो । चौतर्फी विरोधभएपछि उक्त निर्णय फिर्ता लिएको हो । 

 

सो समयमा म्याद सकिएको अर्को दिनमै २ सय प्रतिशत शुल्क असुलेको थियो । अब पहिलेजस्तै सेवाग्राहीले ९० दिनको थप समय पाउँनेछन् । निर्णय भैसकेपनि कार्यान्वयन हुनका लागि संशोधन भएको निर्णय राजपत्रमा प्रकाशित हुनुपर्ने प्रावधान रहन्छ । यथाशिघ्र राजपत्रमा प्रकाशन गरिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्